१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको बिजुक्छेकाे आराेप


637
Shares

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गर्नु भयो ।

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गर्नु भयो । रासायनिक मल कारखाना देश भित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दवाव दिएपनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उहाँको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।