२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कैलालीमा व्यापारीमाथि गाेली चल्याे


624
Shares

कैलाली । कैलालीको अत्तरियामा गोली चलेको छ । गोली लागेर एक जना सुन व्यवसायी घाइते भएका छन् ।

सुन व्यवसायी गाेदावरी नगरपालिका स्थित बनखेतको घोडाघोडी सुनचाँदी पसलका सञ्चाल विकास सुनार रहेका प्रहरीले जनाएकाे छ ।

उनको अहिले पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनकाे दाहिने हातमा गोली लागेको र अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

गोली चलाएर दुई जना फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता डीएसपी बेद जाेशीका अनुसार गोली प्रहार गर्नेको पहिचान हुन बॉकी रहेकाे र खाेज तलास भइरहेकाे बताउनु भयाे ।