
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।
सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको बताउनुभयो ।
महासचिव भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरेपनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल नभएको बताउनुभयो ।
महासचिव भुसालले आइतबार पार्टीको सचिवालय बैठकले गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गरेर सरकारमा जाने निर्णय गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्