१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गगनलाई संसदीय दलमा अघि बढाउने औपचारिक घोषणा


1.196k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ ।

कोइरालाले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर थापालाई संसदीय दलको नेता बनाउन औपचारिक रुपमा प्रस्ताव गर्नुभएको हो । थापाको समर्थकमा भने अर्का महामन्त्री विश्व प्रकाश शर्मा रहनु भएको छ । यो सँगै अब कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र थापाको भीडन्त निश्चित भएको छ । कोइराला समूहको सोमबार र मंगलबार भएको छलफलले थापालाई देउवाको विकल्पका रुपमा संसदीय दलको नेतामा अघि सार्ने सहमति जुटाएको हो । कांग्रेस संसदीय दलको निर्वाचन बुधवार हुँदैछ ।

कांग्रेसमा प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष गरी गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट ८९ सांसद निर्वाचित भएका छन् । उनीहरु नै संसदीय दलको नेता चयनका लागि मतदाता रहनेछन् । संसदीय दलका लागि आजै मनोनयन दर्ताको समय तोकिएको छ ।