३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


26
Shares

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १८ सय ७३ कायम भयो । कारोबार पनि सामान्य सुधारिएर अर्ब नजिक पुग्यो । सबै समूहमा हरियाली छाउँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ८३ अंकको वृद्धि आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले बढे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५७ कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर ९३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ५३ कम्पनीको मूल्य बढ्दा ४६ कम्पनीको घट्यो । यस दिन आँधीखोला लघुवित्त, सृजनशील लघुवित्त र धौलागिरी लघुवित्तका शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भए ।