
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।
बिहीबार शपथग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताउनुभयो । उहाँले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताउनुभयो ।
महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्