९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


आजदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुँदै


546
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज शुक्रबारदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुने भएको छ ।

लोकतान्त्रिक चौरमा सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित सोही महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले एक कार्यक्रमकाबीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल नारासहित सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा छैठौं सिन्धुली महोत्सव संचालन गर्न लागिएको हो ।

शुक्रबारदेखि सुरू हुने महोत्सवले सिनधुलीको मन्द आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो । महोत्सव स्थानीय उत्पादन तथा बाह्य सामग्री, व्यपार मेला धार्मिक तथा ऐतिहासिक स्थलहरू र खेल तथा मनोरञ्जन मुख्य आर्कषण रहने छ ।

महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, अन्तर विद्यालय, क्लब र समूह नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरू रहने आयोजकले उहाँले बताउनुभयाे ।

साेही महोत्सवमा स्थानीय कृषिमा आधारित वस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू, अटोमोबाइलस्, विभिन्न यान्त्रिकीकरण उपकरण, इलेक्ट्रोनिक प्रदर्शनी र जडीबुटी लगायतका ३ सय वटा व्यपारिक स्टलहरू प्रदर्शनीमा राखिने जनाइएकाे छ ।