१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गठबन्धनको सरकार बन्छ : मन्त्री बडू


247
Shares

सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

मन्त्री बडूले शुक्रबार छैठौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै गठबन्धन सरकारले नै मुलुकका समस्या समाधान गर्ने दावीसमेत गर्नुभयो ।

मन्त्री बडूले बैंकहरुले व्याजदर बढाउँदा बजारमा तरलता आएकाले उद्योग धरासायी भएको जिकिर गर्नुभयो । उहाँले महोत्सवले लघु उद्यम तथा घरेलु उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।