
नवलपुर । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको बताउनुभएको छ ।
शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव समापन समारोहमा बोल्दै उहाँले सामुदायिक र निजि विद्यालयको विभेदका कारण पनि शिक्षा क्षेत्रमा सोचे जस्तो नभएको बताउनुभयो ।
सामुदायिक विद्यालयको स्तर वृृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षाको पहुँचमा सबै नागरिक पुग्नु पर्छ भन्ने राज्यको दृष्टिलाई सामुदायिक विद्यालयहरुले पूरा गरिदिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्