१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


हेमन्त रानाको ‘टिकी’ गीत सार्वजनिक


416
Shares

काठमाडौं । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक भएको छ ।

जीएच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा संगित सुशान्त गौतमको रहेको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छाँयाकन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आरसिको जोडि रहेको छ ।