
धनकुटा । धनकुटाका किसान तथा सहकारी संस्थाका प्रतिनिधिहरुले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सहयाेग गर्न सरकारसँग माग गरेका छन् ।
धनकुटामा आयोजित तरकारी बजार संचालन कार्यविधि माथिकाे छलफलमा बोल्दै उनीहरुले सामूहिक बजारीकरणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरु सधै ठगिने गरेको गुनासो गरेका हुन् ।
बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत नै नपाउने र उपभोक्ताले समेत चर्को मूल्य तिर्नु परिरहेको किसान तथा सहकारीका प्रतिनिधिहरूको भनाइ छ ।
कृषि उपज बिक्रीका विद्यमान समस्या समाधान गर्नका लागि दिगो र संस्थागत संरचना बनाइनु पर्ने उनीहरूले माग गरेकाे छन् ।
प्रतिक्रिया दिनुहोस्