१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


आईसीई प्रविधिबाट रिलीज हुने पहिलो भारतीय फिल्म बन्यो ‘पठान’


494
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपीका पादुकोणको फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार यो प्रविधिबाट रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ । यशराज फिल्मका वितरक रोहन मल्होत्राका अनुसार आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्रिनका साथ रहनेछ । यो एक पेरिफेरल भर्सन हो ।

यसले दर्शकलाई रंग र गीतको शानदार अनुभव गराउनेछ । आईसीई फर्म्याट भारतको दिल्ली एनसीआरमा दुई पीवीआर सिनेमा साइटका साथ सुरुवात भएको थियो ।

यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर थिएटरमा लागिरहेको छ । अब पठान पनि त्यसैको तयारीमा छ’ । साथै फिल्म गीत ‘बेसरम रंग’का कारण विवादमा पनि तानिएको छ ।