
काठमाडौं । सरस्वती बुहमुखी क्याम्पसले आज आइतबार आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ ।
आइतबार क्याम्पसले आफ्नो ६३ वसन्त पार गरी ६४ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै सरस्वती बुहमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख शंकरराज पाठकले प्राध्यापकहरुलाई नयाँ प्रविधि र शिक्षासम्बन्धी तालिम दिन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई दिएको तालिमले विद्यार्थीहरुलाई अध्यापनका लागि सहज र सरल हुने बताउनुभयो ।
उहाँले नयाँ प्रविधिका शैक्षिक प्रणालीहरु भित्रिरहेको बेलामा प्रविधिमैत्री शिक्षा प्रणालीको विकास हुनुपर्ने बताउनुभयो । उहाँले क्याम्पस स्थापनाका बेलामा झेल्नुपरेका समस्याहरुलाई क्याम्पसको अहिलेको नतिजाले सन्तोष बनाएको बताउनुभयो । उहाँले सरस्वती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा उत्कृष्ट अंक प्राप्त गरेको देख्दा खुशी लागेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई खेलुकदमा पनि अब्बल बनाउन क्याम्पसले आवश्यक कदम थालेको बताउनुभयो । संस्थापक क्याम्पस प्रमुख पाठकले कलेजमा इन्जिनियरिङको विषय पनि अध्ययन गर्न पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले २ लाखबाट स्थापना गरिएको विद्यालयले अहिले आइपुग्दा विद्यार्थीहरुको अमूल्य भविष्य निर्माण गर्न सकेकोप्रति खुशी प्रकट गर्नुभयो ।
उहाँले विद्यार्थीहरुले एक-अर्काप्रति प्रतिष्पर्धा गर्नु भन्दा आफ्नो कमीकमजोरीलाई हेरेर उन्नति गर्न सुझाव दिनुभयो । २०१६ सालमा स्थापना भएको क्याम्पसले यस वर्षदेखि पत्रकारिता विषय समेत अध्यापन गराउने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्