
काठमाडौं । सिद्धार्थ बैकले आफनो स्थापना दिवसको अवसर पारेर नयाँ केन्द्रीय कार्यालय भवन सञ्चालनमा ल्याएको छ ।
बैंकका संस्थापक अध्यक्ष चिरन्जिबी अग्रवाल, बैंकका वर्तमान अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले आज संयुक्त रुपमा नक्सानलस्थित भवनको उद्घाटन गर्नुभएको हो ।
सन् २००२ डिसेम्बर २५ मा हात्तीसारबाट सेवा बिस्तार गरेको यस बैंकले २० बर्षको अवधिमा उल्लेख्य प्रगति जारी राखेको प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले उल्लेख गर्नुभयो ।
१ सय ३ वटा शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंक देशकै पाँच उत्कृष्ट बाणिज्य बैैकमध्ये एकका रुपमा स्थापित हुन सफल भएको बताईएको छ । बैंकले काठमाडौं लगायत बिराटनगर, बीरगंजमा पनि आफनै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
वार्षिक उत्सबकै अवसरमा बैंकले बिगत १५ देखि २० वर्षसम्म कार्यरत कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्