
काठमाडौं । गायक बिन्ती कुमार गुरूङ र गायिका मेलिना राईको अमिलो कागती बोलको गीत सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनि नेपाली कला र गीत संगीतलाई नजिकबाट नियालिरहेका गायक गुरूङले हालै सार्वजनिक गरेको ‘अमिलो कागती’मा गायक बिन्ती र गायिका मेलिना राईको स्वर रहेको छ । जसमा गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
छायांकन बुद्ध थापा तथा सम्पादन विष्णु खड्काको रहेको छ । रायन कार्कीको निर्देशन रहेको भिडियोले एक प्रेमील जोडीको प्रेम र रोमान्सका रमाइला किस्साहरुसहित प्रेममा परेपछि मानिस कति खुशी हुन्छ भन्ने कुरालाई देखाएको छ ।
मौलिक शब्दमा सलल बगेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल उषा उप्रेती र मनोज गुरूङको अभिनय रहेको छ । भिडियो ‘होई मेरो संसार’, ‘चु सैं ङल’, लगायतका गीतबाट चर्चा कमाएका गायक बिन्ती कुमारकै अफिसियल च्यानल ज्यासमिन क्रियसनबाट बजारमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्