
काठमाडौं । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराउनुभएको हो ।
९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उहाँले प्रदेशसभा सदस्यहरुलाई शपथ गराउनुभएको हो ।
९२ मध्ये ६ जना प्रदेश सांसदले मातृभाषामा शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्