
सिन्धुली । सिन्धुलीमा दैनिक रूपमा चिसो बढेसँगै विद्यालय जाने विद्यार्थीहरू प्रभावित भएका छन् ।
तर यसै समयमा जिल्लाको एक निजी विद्यालयले ग्रामीण क्षेत्रमा रहेकाे एक सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेकाे हाे । सिन्धुलीको कमलामाई नगरपालिका-६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले फिक्कल गाउँपालिका-१ काउले डाँडामा रहेकाे आधारभूत विद्यालयका १ सय ५५ जना विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरेकाे हाे ।
एक निजी विद्यालयले उनीहरूलाई उक्त सहयोग प्रदान गरेकाे हाे । उनीहरूलाई अहिले चिसो मौसम भएका कारण न्यानो कपडा अभाव भएकाे थियाे । साेही विद्यालयले विद्यार्थीहरू अध्ययनका लागि विद्यालय आउनै नसक्ने अवस्था भएको थाहा पाएपछि विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाति छात्र तथा छात्राहरूलाई ट्याकसुट, कपी र पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरेकाे हो ।
चिसाे समयमा न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्