
काठमाडौं । पछिल्ला दुई दिन उछाल आएको शेयर बजारमा बुधबार सामान्य करेक्सन आयो ।
दुई दिनमा सय अंक माथिको वृद्धि आएको बजार परिसूचक नेप्से करिब १२ अंकले ओरालो लागेर १९ सय ७२ मा आएर थामियो । मंगलबार ४ अर्ब पुगेको कारोबार बुधबार २ अर्ब हाराहारीमा खुम्चियो ।
यस दिन ५ वटा समूह हरियो रहँदा ८ वटा समूह रातो रहे । जलविद्युत, दुबै बीमा, वित्त र सामूहिक लगानी कोष सकारात्मक रहँदा बाँकी समूह ऋणात्मक रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५७ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर २ अर्ब १५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमध्ये १ सय ४९ कम्पनीको मूल्य ओरालो लाग्दा ६० कम्पनीको बढ्यो । घटेको बजारमा पनि सेन्द«ल फाइनान्स, धौलागिरी लघुवित्त, प्रभु लाईफ इन्स्योरेन्स, खप्तड लघुवित्त लगायत आधा दर्जन कम्पनीका शेयरधनीले १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्