२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना


91
Shares

इलाम । इलामको इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ ।

इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो । जिल्लाकै एक मात्र ५० शैयाको सरकारी अस्पतालमा स्थापना गरिएको हेल्प डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ । हेल्प डेक्सको बिहिबार एक कार्यक्रमको आयोजना गरी इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णु कुमारी दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले अस्पतालमा सेवा लिन आउँदा जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सहज सेवा दिन हेल्प डेस्क स्थापना गरिएको बताउनुभयाे । इलाम अस्पतालमा केही समय अगाडिबाट मात्रै उहाँकै पहलमा डाइलासिस सेवा समेत सुरू भएको छ ।

त्यस्तै इलाम नगरपालिका-३ को बाघखोर बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरको कार्यक्रम अन्तर्गत पालिकाले बिहिबार सेवा केन्द्रको उद्घाटन गरी संचालनमा ल्याएको हो । साेही केन्द्रको उद्घाटन इलाम नगरपालिकाका प्रमुख थापाले गर्नुभएकाे थियाे ।

साेही नगरपालिकाले समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएसँगै वडामा नै स्वास्थ केन्द्र स्थापना गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभयाे । उहाँले बिहिबार अस्पतालबाट प्राप्त हुने सेवाहरु अब वडामै हुने भएकोले नागरिकहरुले चाडो स्वास्थ्य सुविधा पाउने बताउनुभयाे ।

अस्पतालबाट हुने आधारभूत स्वास्थ्य सेवाहरू अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट हुने उहाँकाे भनाइ छ । अब सामान्य उपचारको लागि अस्पताल गइराख्नु नपर्ने उहाँले बताउनुभयाे ।