२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काभ्रेमा रासायनिक मलकाे हाहाकार, ८ घण्टा लाइन बसेका ४ सय कृषक रित्तै फर्किए


143
Shares

काभ्रे । काभ्रेमा आलु लगाउने समयमा रासायनिक मलको हाहाकार भएको छ ।

शुक्रबार पनौती नगरपालिका-३ कुशादेवीमा रासायनिक मल लिनका लागि कृषकको भीड लागेको थियो । पनौती नगरपालिका वड नम्बर २ र ३ का ४ वटा सहकारी मिलेर संयुक्त रुपमा मल वितरण गरेका थिए । मल लिनका लागि कृषककाे शुक्रबार बिहान ४ बजेदेखि नै लामो लाइन लागेको थियो ।

तर मल वितरण कार्य भने शुक्रबार बिहान ११ बजेबाट सुरु गरिएको थियो । ४ सय घर परिवारलाई १५ किलो युरिया र ८ किलो डिएपी मल उपलब्ध गराएको छ । बाँकी कृषकलाई अर्को लटमा मल वितरण गरिने गरी कुपन दिएर पठाइएको पातिखोरीया सहकारीका सन्तोष हुमागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब दुई हप्तापछि केही परिणाममा मल आउने जानकारी प्राप्त भएको छ । यद्यपी उहाँ आफैं त्यसमा विश्वस्त हुन भने सक्नु भएकाे छैन् । ८ घण्टा लाइन बसेका कृषक रित्तो हात घर फर्किनु परेपछि आक्रोशित र चिन्तित देखिएका थिए । खेतमा कुपन हालेर हुँदैन र मल चाहियो सरकार एक कृषकको आक्रोश भएकाे थियो ।

यता, कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रबन्धक बासुदेव शर्माले मागको ५० प्रतिशत मात्रै मल आपूर्ति भएकाले वितरणमा समस्या देखिएको बताउनुभयो ।