२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सकियाे, के–के भयाे निर्णय ?


533
Shares

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

शनिबार बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ ।

सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रिय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो ।

बैठकमा निर्वाचनको समिक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताउनु भयो ।

प्रवक्ता सुमनले भन्नु भयो, ‘सात दलीय संयन्त्रमा हामी सहभागी छौं । हाम्रै समर्थनले प्रधानमन्त्री चयन भईसक्नु भएको छ । यो सरकारलाई हाम्रो समर्थन छ । सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरुको बारेमा पनि त्यसको लागि अहिले समय छ । सरकारको विस्तार २९ गते पछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ । तसर्थ, पर्सिबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय हुन्छ।’

बैठकमा निर्वाचनको समिक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे र अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।