
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ८ पालिमा निर्माण हुन लागेको भवनकाे गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रुपमा सिलन्यास गर्नु भएको छ। प्रहरी चौकी स्थापना भएपछि नागरिकको सुरक्षामा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
नागरिहरुको सुरक्षाका लागि प्रहरी प्रशासन तयार रहेको बताउँदै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी तथा नागरिकबीच सहकार्य हुनुपर्नेमा प्रहरी नायब उपरिक्षक रिजालले जोड दिनुभयो।
उहाँले प्रहरीलाई आवश्यक सहयोग गर्न गाउँपालिकावासीलाई आग्रह समेत गर्नुभयो । संघीय सरकारको कुल २ करोड ९९ लाखमा सम्झौता गरिएको भवन अर्जुन बिल्डर्स कन्स्ट्रक्सनले प्रा.लि गुल्मीले जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्