१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा वार्षिक ३ हजार ८८० मेट्रिकटन सुन्तला उत्पादन


286
Shares

तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

जिल्लाको ६ वटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानहरुले सुन्तला उत्पादन गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।

६ वटा पालिकाहरु मध्ये आठराई गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुँदै आएको छ । नयाँ बगैंचा विस्तारका साथै ओसिलो क्षेत्रमा बगान रहेकाले यस क्षेत्रमा उत्पादन अन्य क्षेत्र भन्दा बढी हुँदै आएको हाे । जिल्लाको छथर गाउँपालिकामा सुन्तलाकाे उत्पादन कमी हुने भएको छ ।

पुराना बगानहरू ब्यावस्थापनमा कमी र रोग किराका संक्रमणका साथै खासगरी सिंचाईको अभाव भएका सुख्खा ग्रस्त क्षेत्रमा सुन्तलाकाे उत्पादन कमी हुने भएको हो । जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेती भन्दा पनि नगदेबाली तर्फ किसानहरू आकर्षित हुँदै आएका छन ।