
कपिलवस्तु । बारा जिल्लामा जन्मेकी प्रिती पासवानको पछिल्लो समय निकै नै लोकप्रियता बढेको छ।
प्रितीले टिकटक र सामाजिक सञ्जाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भएकी हुन्। उनी भन्छिन्म,-‘दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले सामाजबाट अपहेलित हुनु परेको थियो। सुरुवाती दौरानमा गरीबीले गर्दा साँझ र बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुबाले साडी लगाएर थिएटरमा नाच्ने गर्नुहुन्थ्यो । आमाले अरूको घरमा गएर भाडा माझ्ने काम गर्नुहुन्थ्यो।’
बाल्यकालमा गाउँको मन्दिरमा आफैंले लेखेको भजन गीत गाउने गरेकाे प्रिती बताउँछिन् । पछि स-साना कार्यक्रममा स्टेजमा गएर नाच्ने गरेकाे समेत उनले बताएकी छन् । प्रिती भन्छिन्- ‘ठूलो स्टेजमा मलाई नाच्न नदिएर आफैं २ हजार रूपैयाँ तिरेर स्टेजमा नाच्न पाएको थिए । तर अहिले देश विदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ कि घरमा चाड पर्व मनाउनका लागि समेत समय हुँदैन । सुरुमा आफैंले पैसा तिरेर कार्यक्रममा सहभागी भएपनि दर्शकको माग र चाहना अनुसार अहिले म नेपाल लगायत विदेशका अधिकांश स्टेज शो गर्ने माैका पाएकी छु ।’
नेपालमा लाखौं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गरेकाे समेत उनकाे भनाइ छ । तर विदेशमा जाँदा भने स्टेज शोमा झनै धेरै पैसा लिने गरेकाे उनले बताउँछिन् । आमा-बुवा र दर्शककाे मायाकाे कारणले आज आफूले लोकप्रियता पाइरहेकाे कपिलवस्तुमा जारी सातौं चन्द्रौटा महोत्सवमा प्रितीले बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्