
अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका-२ सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय वृद्ध रामबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताउनुभयो ।
शितगंगा-२ निवासी क्षेत्री घरदेखि झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा एक्कासी भालुले आक्रमण गरेकाे हाे । भालुकाे आक्रमणबाट क्षेत्री गम्भीर घाइते भएका थिए।
क्षेत्रीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्