३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अर्घाखाँचीमा ५ किलो गाँजा सहित एक पक्राउ


325
Shares

अर्घाखाँची । अर्घाखाँचीमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शितगंगा नगरपालिका–१४ सिमलपानीका ६४ वर्षीय भिम प्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेको घरमा गाँजाको कारोबार भएको सुचनाका आधारमा खानतलासि गर्दा ५ किलो गाँजा सहित प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताउनुभयो ।

उनलाई लागू औषध मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।