
पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ ।
‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने खानेपानी पुगेपछि बसाई सराईको क्रम घटेको छ ।
लुम्बिनी प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाले ५०/५० प्रतिशत लगानीमा पालिकामा ‘एक घर एक धारा’ कार्यक्रम लागू गरेका हुन । खानेपानी तथा सरसफाई डिभिजन पाल्पाको १ करोड ३४ लाख ६० हजार र स्थानीयको २६ लाख ४४ हजार लगानीमा योजना सम्पन्न भएको हो ।
आयोजनाको ९९ प्रतिशत काम पूरा भईसकको र बाँकी काम पनि यो वर्षभित्रै पूरा गर्ने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । पूर्वखोला गाउँपालिका भौगोलिक कठिनाईका कारण डाँडाकाडामा रहेका बस्तीमा लिफ्टीङ्ग योजनाबाट पानी लगिएको छ ।
पानी पुगेसँगै तरकारीलगायतका नगदे बाली लगाउन पनि सुविधा भएको छ ।
घण्टौंसम्म उकाली ओराली गर्दै रातिमा पानी बोक्नुपर्ने बाध्यता हटेपछि पुर्वखोलाबासीले राहात महसुश गरेका छन् भने घरमै पानी आएपछि सबैभन्दा सुख गाउँका महिला दिदिबहिनीलाई भएको छ ।
प्रतिक्रिया दिनुहोस्