८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा सेनाको अन्तिम दलेल कबाज सम्पन्न


260
Shares

सिन्धुली । कमलामाई नगरपालिका–७ ठुलीटारमा अवस्थित नेपाली सेनाको बर्दबहादुर गणमा संचालित सि.सं. ४२ सैन्य आधार तालिमको अन्तिम दलेल कबाज बुधबार सम्पन्न भएको छ ।

नेपाली सेनाको श्री नं ९ बाहिनी अड्डा माझीटार व्यारेकका बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेतको प्रमुख आतिथ्यतामा सि.सं. ४२ सैन्य आधार तालिममा सहभागी सैन्य जवानहरूले अन्तिम दलेल कबाज प्रस्तुत गरेका थिए ।

समारोहमा सहायक रथीशक्तिजंग बस्नेतले सो सैन्य आधार तालिमका क्रममा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गर्नु हुँदै राष्ट्रजनता र सैनिक संस्था प्रति नवप्रवेशीहरु समर्पित रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सैन्य आधार तालिममा सफल भएका सैन्य जवानहरूलाई सैनिक पुजारीले सामुहिक रुपमा ईश्वरको नाममा सपथ गराउनु भएको थियो ।