१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय कार्यदल


260
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले बताउनुभयो । उहाँले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताउनुभयो ।

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको बताउनुभयो ।