
परासी । परासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण कार्यमा उदासिन देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जहरुलाई फिर्ता बोलाएको छ ।
उनीहरुलाई चौकीबाट तानेर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा पठाइएको छ । यसरी तानिएकामा जिल्लामा सबैभन्दा बढी चोरी निकासी हुने सीमा नाकाका इन्चार्ज छन् ।
चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई प्रहरी हेड क्वाटरले चार दिनअघि तानेसँगै सीमा नाकाका इन्चार्जलाई पनि तानिएको जिल्लास्थित प्रहरी स्रोतले जनाएको छ ।
एसपी कँडेल हेड क्वाटर तानिएपछि प्रहरी प्रमुखको जिम्मेवारी डिएसपी भोजराज पाण्डेलाई दिइएको छ । सीमा नाकाबाट सबैभन्दा बढी चिनी, कपडालगायतका सामाग्रीको तस्करी हुँदै आएपनि प्रहरी मौन रहेको आरोप लाग्दै आएपछि जिल्लाका ६ वटा सीमा चौकीका इन्चार्जलाई दुई दिनअघि जिल्ला प्रहरी कार्यालयले तानेको हो ।
प्रतिक्रिया दिनुहोस्