
काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले शुक्रबार एक कार्यक्रमबीच आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको हो ।
कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताउनुभयो ।
उहाँले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिको लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताउनुभयो । उहाँले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुशी आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्