२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल


195
Shares

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले शनिबार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताउनुभयो ।

उहाँले न्यूनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुने गरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गर्नुभयो । उहाँले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम तयार पारेको बताउनुभयो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जन्ता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।