१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिग फुटबलका लागि १४ क्लबले गराए नाम दर्ता


377
Shares

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ क्लबले नाम दर्ता गराएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार १४ वटै क्लबले नाम दर्ता गराएको जनाएको छ ।

एन्फाले क्लब दर्ताको अन्तिम मिति आजसम्म तोकेको थियो । शुक्रबार नाम दर्ता गराउने क्लबमा मनाङ मसर््याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लब रहेका छन् । यसअघि एन्फाले बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराएको जनाएको थियो ।

यसअघि चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए ।

दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिएको एनफाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ । शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुने छ ।

लिग डबल राउण्ड रोबिनको आधारमा हुने छ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् ।