
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकानगर प्रमुख रजतप्रतापशाहले चिसो बढेसंगै नगरका विपन्न जेष्ठ नागरिकहहलाई कम्बल वितरण गर्नु भएको छ ।
नगरको जेष्ठ नागरिक सम्मानअन्तर्गतको वार्षिक कार्यक्रमअन्तर्गत नगरका विपन्न जेष्ठ नागरिकहरुलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको हो ।
बढ्दो चिसोका कारण जेष्ठ नागरिकहरुलाई असहज हुने हुदाँ विपन्न वर्गका जेष्ठ नागरिकहरुलाई कम्बलवितरण गरिएको बताउनु भयो । शाहले नगरका करिब एक हजार बढी जेष्ठनागरिकलाई कम्बलवितरण कार्यक्रम राखिएको बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको लक्षित वर्गको लागि छुट्याइएको कार्यक्रमअन्तर्गत विपन्न वर्गका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो ।
नगरपालिकको वडा नं. ८ र ९ का २ सय जना विपन्न जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको र अन्य वडाहरुमा वितरणको कार्यक्रम जारी रहेको शर्माले प्रमुख प्रशासकिय अधिकृत बताउनु भयो ।
चिसो मौषममा न्यानो कम्बल पाएपछि जेष्ठ नागरिकहरु पनि खुसी भएका छन्। कठ्याग्रीने चिसोमा नगर प्रमुख शाहले जेष्ठ नागरिकहरुको लागि न्यानो कम्बल वितरण गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको स्थानीयहरुले बताए ।
नागरिकको पहुँचको सरकार स्थानीय तह रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र नागरिकले स्थानीय तहको प्रत्याभूति गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्दा नागरिक र स्थानीय तहको सम्बन्ध अझ बलियो बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्