२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


208
Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा एक जना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

बालिकाकाे घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा गएर यौन दुर्व्यवहार गरेको आरोपमा मधु सोमरेलाई प्रहरीले पक्राउ गरेकाे हाे । २५ वर्षीय सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

बालिकाको संवेदनशील अंगहरुमा छुएकाे र यौन दुर्व्यवहार गरेकाे आराेपमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका छाेपेर आफूलाई यौन दुर्व्यवहार गरेकाे कुरा बालिकाले छिमेकी महिलालाई बताएकी थिइन् ।

सोही घटनाकाे बारेमा जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।