
तेह्थुम । यो पालाम सँगै नाचिने धाननाँच पुर्वी नेपाल तथा सिक्कीम, दार्जिलिङ लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका लिम्बु समुदायको मौलिक लोक संस्कृति हो । यी जातीको आफ्नै भाषा, लिपी, कला ,संस्कार र संस्कृति रहदै आएको छ । धान नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो ।
पछिल्लो पुस्ताले यो धान नाच संरक्षणलाई चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातीको बिषेशता हो ।
विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ ।
यो सुख दुखको समयमा साईनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो ।
जातिय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा छ । युवाहरु रोजगारको लागी बिभीन्न मुलुकमा पुग्नु र पहिलो पुस्ताहरु अस्ताउँदै गएपछी धान संकटमा पुगेको किराँत याक्थुङ चुम्लुङका छथर अध्यक्ष थानाहाङ तिगेला बताउनुहुन्छ ।
मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ ।
युवापुस्ताको इच्छाशाक्ती जाग्ने खालको कार्यक्रम ल्याउनु पुर्ने लिम्बु संस्कार संस्कृतीका अभीयान्ता टेकराज तिगेला बताउनुहुन्छ।
धाननाच पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँथचर, ईलाम, ताप्लेजुङ्ग लगायतका पूर्वी पहाडी जिल्लाहरुका साथै सिक्किम, दार्जिलिङ लगायत विभिन्न स्थानमा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन् ।
लोप हुँदै् गएको लिम्बु समुदायको संस्कार संस्कृती संरक्षणका लागी युवापुस्ताहरुको ध्यान जान आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्