१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ब्याजदर आतंकले धराशायी बन्दै अर्थतन्त्र


260
Shares

काठमाडौं । बढ्दो ब्याजदरले निजी क्षेत्र मात्र नभई आम नागरिक तथा मुलुकको समग्र अर्थतन्त्र नै धराशायी भएको भन्दै सरोकारवालाले चिन्ता व्यत्त गरेका छन् ।

राजधानीमा कन्स्टिच्युशनल फोरम अफ नेपालले गरेको कार्यक्रममा व्यवसायीहरुले मुलुकको राजनीतिक अवस्था परिवर्तन हुँदै जाँदा पनि आर्थिक अवस्थाले भने पूर्णता नपाएको बताए ।

राष्ट्र बैंकले निक्षेपमा ब्याजदर बृद्धि गरे पनि कर्जाको ब्याजदरमा पनि अस्वाभाविक बृद्धि भएको र तरलताको अभाव देखाएर गरिएको ब्याजदर प्रति आपत्ति जनाएका छन् ।

व्यवसायीको आम्दानी खुम्चिदै जाँदा बैंक तथा वित्तिय संस्थामा तिर्नुपर्ने रकम बढ्दै जाँदा विषम परिस्थिति निम्तिएको सरोकारवालाहरुकाे भनाइ छ । हाल निर्माणको कार्य ठप्प भएको, मिलेमतोमा योजना स्वीकृत गर्ने तथा चलखेल बढ्ने गरेकाले व्यवसाय मार्ने काम सरकारले गरेको आरोप उनीहरुको छ ।

आयातमुखि अर्थतन्त्र रहदा मूलुक संकटमा पर्नै चिन्ता गर्दै भारत र चीनसँग व्याजदर बृद्धिले व्यापारीक प्रतिस्पर्धा गर्न नसकेको र उत्पादन र उत्पादकत्व बृद्धि गर्न व्याजदर सिंगल डिजिटमा झार्नुपर्ने व्यवसायीको तर्क छ । कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईले झापा लगायतका विभिन्न स्थानमा सहकारी तथा लघुवित्तको ब्याज समेत तिर्न नसकेर आत्महत्या गरेको स्मरण गर्दै राज्यले ६ प्रतिशत बढी ब्याजदर लिन नहुने बताउनुभयो ।

अधिवक्ता अर्जुन अर्यालले व्यवसायी नहेरी कर्जा दिने र पछि मानसिक यातना दिने गरेकाले अब यो छुट बैंक तथा वित्तिय संस्थालाई नहुने बताउनु भयाे ।