१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई रास्वपाले आग्रह गर्ने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताउनुभयो । उहाँले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको बताउनुभयो ।

उहाँले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको बताउनुभयो । साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताउनुभयो ।

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमबार बिहान १० बजे पुनः बस्ने बताउनुभयो ।