
फाइल तस्बिर
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ ।
संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्