
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले कांग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बेथितिका विरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताउनुभयो । सांसद पौडेलले काँग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसदलाई प्रभावकारी बनाउने बताउनुभयो ।
सांसद पौडेलले आजको बैठकमा शिर्ष नेताहरुले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास लिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्