११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अफ्ठ्यारोलाई सम्हाल्न सक्षम छु : प्रधानमन्त्री दाहाल


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले यस पटक राम्रो कामभन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताउनुभयो । उहाँले बेथितिहरु रहे पनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले देश आर्थिक रुपमा केही अफ्ठ्यारोमा भए पनि आर्थिक संकट र देश संकटमा नरहेको बताउनुभयो ।

उहाँले देशको अफ्ठ्यारोलाई सम्हाल्न आफू सक्षम रहेको पनि बताउनुभयो । उहाँले सबै मिलेर काम गर्ने हो भने देशको मुहार फेर्न समय नलाग्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले आगामी एक महिनामा न्यूनतम साझा कार्यक्रम मन्त्रालयमा ल्याउनका लागि कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको बताउनुभयो ।