२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पुस २७ गते दिने बिदा देश एकीकरणका नायकको लागि हो : योगेश भट्टराई


1.352k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताउनुभएको छ ।

सोमबार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले रुपमापुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताउनुभएको हो ।

उहाँले पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको बताउनुभयो । उहाँले ससदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलियको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका बताउनुभयो । उहाँले वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने बताउनुभयो ।

उहाँले मेलमिलाप तथा सत्य निरुपन विद्येयक ल्याउँदा प्रतिपक्ष दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्ने बताउनुभयो ।