२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्ता समिकरणमा जाने रुचि छैन : अध्यक्ष नेपाल


481
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताउनुभएको छ ।

सोमबार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताउनुभएको हो । उहाँले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा सोमबार बिहान सचिवालयको बैठक बस्दैछौं । सचिवालय बैठकमा निर्णय गर्छौं । सत्ता समिकरणमा जाने हाम्रो रुचि छैन । अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं । हामी विचार मिल्ने दलहरुसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चा समेत बनाउँछौं । विचार सिद्धान्त सबै मिल्यो भने एकतावद्ध भएर जानसक्छौं ।’

उहाँले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको बताउनुभयो ।