७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विराटनगर नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा


52
Shares

काठमाडौं । काठमाडौं नाइट्समाथि ९९ सय रनको सानदार जित हात पार्दै विराटनगर सुपर किंग्स नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा पुगेको छ ।

राजधानीमा सोमबार भएको खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२ दशमबल ४ ओभरमा ८३ रनमा समेटिएको हो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । अब विराटनगरले फाइनलमा पुग्न मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्ने छ ।

पहिलो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल बुधबार हुने छ ।