१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


286
Shares

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो ।

एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो । तर सोमबार सार्वजनिक साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा भने उक्त विषय समेटिएको छैन ।

यस्तै, बैठकले सरकारले आजै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ ।