
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिको काम बन्द गरेको थियो ।
गत साउन १९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिकको काम स्थगित भएको थियो ।
आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली अनलाइनबाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।
बाहिरी जिल्लाको मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्