१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै


208
Shares

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनाहरू बढदै गएका छन् ।

डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका हुन् । चालू आर्थिक वर्षदेखि हालसम्म जिम्मेवारी सरी आएकासहित ९२ मध्ये २७ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको र तिमध्ये १० वटा फर्छ्यौट भएको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले जानकारी दिनुभएको छ ।

सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमान-श्रीमतीबीचको असमझदारी, अनैतिक सम्बन्ध र महिलाहरू कानूनी रुपमा सचेत हुनु , कानूनी सहजता र प्रकृयागत सहजता जस्ता सकारात्मक र नकारात्मक कारणहरु रहेको न्यायाधीश वाग्लले बताउनुभयाे । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको संख्या बढिरहेको उहाँले बताउनुभयाे । साेही संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेकाे उहाँकाे तर्क छ ।

यस बाहेक चालू आर्थिक वर्षको अहिलेसम्म चेक अनादरका १२ मुद्दा मध्ये २ फर्छ्यौट, जबरजस्ती करणीका ७ मध्ये ६ फर्छ्यौट, लेनदेन सम्बन्धी पनि ७ वटा मुद्दा मध्ये १ मुद्दा मात्रै फर्छ्यौट, सवारी ज्यानका ५, जबरजस्तीकरणी उद्योगका ४, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका ३/३ वटा ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाउँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आमदअनुसार खानलाउन, हाडनाता करणी, बकसपत्र बदर गरिपाउँ, नकवजनी चोरी, आत्यहत्या दुरुत्साहन र लागूऔषधका १/१ गरी २३ प्रकारका मुद्दा परेका छन् ।

अदालतमा विशेष प्रकारका निवेदन पनि गर्ने गरेका छन । मृत्युको न्यायिक घोषणाका ९ वटा निवेदन परेका छन् । जसमध्ये ४ वटा फर्छ्यौट भएका छन् । जिल्ला अदालत डडेल्धुराको तथ्यांक अनुसार २०७९/०८० को पछिल्लो ६ महिनामा जम्मा मुद्दाको संख्या ९२ रहेको छ । जसमा २७ वटा मुद्दा फर्छ्यौट भएको र ६५ वटा बाँकी रहेका छन् ।