
एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको पहिलो गीत ‘बेशरम रंग’ सार्वजनिक भएसँगै फिल्म चर्चामा छ। दर्शकहरू फिल्मको ट्रेलरलाई लिएर निकै उत्साहित भएका छन् ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’ मा शाहरूख दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेकाे छ ।
यस फिल्ममा शाहरुखले भारतीय जासूस संयन्त्र र एजेन्टका एक जासूस अर्थात ‘पठान’ को चरित्रमा अभिनय गरेका छन् । २ सय ५० करोड भारतीय रूपैयाँमा निर्माण भएको यो फिल्मले राम्रो कमाइ गर्ने आशा फिल्मको निर्माण पक्षले गरेकाे छ ।
फिल्ममा भएको ‘बेशरम रंग’ बोलको गीतमा धेरैले आपत्ति जनाएका छन् भने केहीले दीपिकाले उक्त गीतमा लगाएको बिकिनीको रंगलाई लिएर आपत्ति जनाएका छन् । हिन्दूवादी संघ संगठन लगायत धेरै भारतीय नागरिकले सो गीत र बिकिनीको बारेमा विरोध जनाउँदै आएका छन् ।
सोही गीतका कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । यसैबीच, शाहरुख र दीपिका लगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको थियो ।
बढ्दो विवादलाई ध्यानमा राख्दै भारतीय सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले फिल्मका करिब १० वटा दृश्य केही संवादलाई पनि परिवर्तन गर्न निर्देशन दिएको थियाे ।
प्रतिक्रिया दिनुहोस्