
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएपनि पार्टीको निर्णयपछि आफूहरुले विश्वासको मत दिएको बताउनुभयो । उहाँले कांग्रेस अझै पनि निरन्तर प्रतिपक्षमा रहने बताउनुभयो ।
सांसद पौडेलले कांग्रेस प्रतिपक्षमा नै बसेर प्रभावकारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्