
काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् ।
मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेकाे पनौती नगरपालिका-२ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा, सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका- १ का झलकप्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य रहेका छन् ।
उनीहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाडी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाई र कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका थिए । कृषि ज्ञान केन्द्र काभ्रेले उत्कृष्ट कृषक छनाेटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो ।
सोही मापदण्डका आधारमा काभ्रेपलाञ्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेकाे थियाे । मापदण्डमा तोकिएअनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना कृषकहरू सम्मानित भएका कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्